विश्वप्रकाशकाे पहलमा मेचीनगरका दुईवटा सडक कालोपत्र हुँदै, एक अर्ब तीन करोड लगानी
- गाउँ सहर संवाददाता
- २२ पौष आइतबार, २०८० | १५:२४:०० मा प्रकाशित
काठमाडाैं । विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण हुने भएको छ ।
नगरको दुई महत्त्वपूर्ण सहरी क्षेत्र धुलाबारी र काँकडभिट्टाको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको एक अर्ब तीन करोड रुपैयाँ ऋण लगानी हुने प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बताए ।
सात प्रदेशका ३३ वटा स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ । उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब दुई खर्ब) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।
उक्त परियोजनाअन्तर्गत झापा निर्वाचन क्षेत्र नं १ को मेचीनगरमा दुईवटा सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (रु एक अर्ब बढी) ऋण उपलब्ध गराएको नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य शर्माले बताए ।
शर्माका अनुसार सहिदमार्गअन्तर्गत धुलाबारी मोडबाट बजार क्षेत्र हुँदै खुट्टीडाँगीको थोप्लेबिरान सामुदायिक वनको कार्यालयसम्म पाँच दशमलव तीन किलोमिटर कालोपत्र निर्माण हुनेछ । उक्त सडकको चौडाइ १२ मिटर, ड्रेन र डबल लेन रहने उनले जानकारी दिए ।
यसैगरी सूर्योदय मार्गअन्तर्गत पूर्वीनाकाको काँकडभिट्टास्थित भट्टराई चोकबाट सुरु भएर बाहुनडाँगी बजारसम्मको आठ दशमलव पाँच किलोमिटर लामो सडक कालोपत्र, डबल लेन र ११ मिटर चौडाइको रहने शर्माले बताए । सङ्घीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण हुने भएका छन् । विश्व बैंकसँगको सम्झौतामा ती दुवै सडक २०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
प्रतिकृया दिनुहोस