गाउँ सहर

प्रधानमन्त्रीद्वारा इनरुवा सब स्टेसनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले  ४०० केभी क्षमताको इनरुवा सब स्टेसनको उद्घाटन गरेका छन्। बिहीबार विराटनगर पुगेका प्रधानमन्त्री दाहालले शुक्रबार बिहान १० बजेतिर सुनसरीको इनरुवामा सब स्टेसनको उद्घाटन गरेका हुन्।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय के.भी. इनरुवा जिआईस सवस्टेसन नेपालकै दोस्रो ठूलो सवस्टेसन हो।

नेपाल विद्युत प्राधिकरण, हेटौंडा–ढल्केबर–इनरुवा ४०० के.भी. सवस्टेसन बिस्तार आयोजना अन्र्तगत निर्माण सम्पन्न सवस्टेसन पूर्वक्षेत्रमा गुणस्तरीय विद्युत आपूर्ति गर्न मात्र नभई भारतसहितका मुलुकमा विद्युत सप्लाई गर्न समेत कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।

प्रधानमन्त्री दाहाल आज मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन्।

आज दिउँसो प्रधानमन्त्री दाहालले मोरङको मिक्लाजुङ जाने कार्यक्रम रहेको छ। त्यहाँ मिक्लाजुङ गाउँपालिका पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

दिउँसो मोरङ व्यापार संघ एक्स्पोको उद्घाटन गरेर प्रधानमन्त्री आजै साँझ काठमाडौं फर्कनेछन्।

गाउँ सहर संवाददाता

तपाईँको मत