नगरपालिकाको ब्यानर छोपेर कार्यक्रम गरेकाेप्रति गगन थापाले मागे क्षमा
- गाउँ सहर संवाददाता
- ४ पौष बुधबार, २०८० | ०९:४८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा मागेका छन् ।
पाल्लाको जिल्ला सम्मेलनका क्रममा नगरपालिकाको बोर्ड ढाकेर कार्यक्रम गरिएको थियो ।
नगरपालिकाको व्यानर छोप्नु र सम्मेलनको व्यानर राख्नु गम्भीर लापरवाही भएकाले आगामी दिनमा यस्तो नहुने भन्दै उनले क्षमा मागेका छन् ।
“पाल्ला जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा चाहन्छु, सरी ! सम्मेलनको लागि नगरपालिको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरुले पनि मेरो कुरा सुन्न पाउनुप¥यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो । त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरवाही हो । यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो पनि गल्ती हो । त्यसप्रति म माफी चाहन्छु । पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ । आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौँ,” थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
पाल्ला जिल्ला सम्मेलनका क्रममा नगरपालिका भवनमा बोर्ड ढाकेर कार्यक्रम गरिएपछि चौतर्फी आलोचना भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेविसंघद्वारा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक
- अरुका लागि मिसन ८४ होला तर काङ्ग्रेसका लागि मिसन नेपाल हो – सरस्वती गुरुङ
- सुनकाे भाउ अहिलेसम्मकै महँगाे
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
प्रतिकृया दिनुहोस