बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारकाे जिम्मा लगाइने
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर शुक्रबार, २०८० | ०८:१०:०० मा प्रकाशित

काठमाडाैं । उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ । केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउन लागेको हो ।
नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलिरहेको छ । यसअघि मंसिर १५ गते उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाण्डौले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो ।
उच्च अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएमा खाणलाई सम्पत्ति शुद्धीकरण विभागमा लगिनेछ, त्यहाँबाट पनि रिहा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिने छ । यसअघिका प्रतिवादीहरुलाई विभाग र अख्तियारले तारेखमा रिहा गरेकाले खाणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री खाणलाई ७ महिनाअघि पक्राउ गरिएको थियो । हिजो उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
यसअघि मंसिर १५ गते उच्च अदालतकै न्यायाधीश जनकराज पाण्डे र प्रकाश खरेलबीच खाणलाई छाड्नेबारे राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशको इजलासमा पेस गरिएपछि खाणलाई थुनामुक्त गर्ने आदेश भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
प्रतिकृया दिनुहोस