बाला चतुर्दशीमा पशुपतिमा आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषले शुल्क लिएर बालिदिने व्यवस्था
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर शुक्रबार, २०८० | ०७:३८:०० मा प्रकाशित
काठमाडौं । बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउनेहरुले १३ बुँदे नियम पालना गर्नु पर्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार सूचना जारी गरी भक्तजनहरुले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएको छ ।
कोषका वृक्षारोपण गरेको स्थान र बिरुको संरक्षण गर्न, ढुंगा छापेको स्थानमा शतबीज नछर्न, स–साना बालबालिकाहरुको साथमा परिचयपत्र राखिदिन कोषले आग्रह गरेको छ ।
बालाचतुर्दशी पर्व मंसिर २५ गते परेको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।
पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजन तीर्थयात्रुहरुका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क पालको व्यवस्था गरिदिएको छ । यो काममा नेपाली सेनाले पनि सहयोग गरेको छ ।
आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्ने छ ।
कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चउरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको छ ।
बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, मदिरा र अन्य नशालु लागुपदार्थ सेवन तथा बिक्रीवितरणमा रोक लगाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस