बाला चतुर्दशीमा पशुपतिमा आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषले शुल्क लिएर बालिदिने व्यवस्था
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर शुक्रबार, २०८० | ०७:३८:०० मा प्रकाशित

काठमाडौं । बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउनेहरुले १३ बुँदे नियम पालना गर्नु पर्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार सूचना जारी गरी भक्तजनहरुले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएको छ ।
कोषका वृक्षारोपण गरेको स्थान र बिरुको संरक्षण गर्न, ढुंगा छापेको स्थानमा शतबीज नछर्न, स–साना बालबालिकाहरुको साथमा परिचयपत्र राखिदिन कोषले आग्रह गरेको छ ।
बालाचतुर्दशी पर्व मंसिर २५ गते परेको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।
पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजन तीर्थयात्रुहरुका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क पालको व्यवस्था गरिदिएको छ । यो काममा नेपाली सेनाले पनि सहयोग गरेको छ ।
आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्ने छ ।
कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चउरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको छ ।
बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, मदिरा र अन्य नशालु लागुपदार्थ सेवन तथा बिक्रीवितरणमा रोक लगाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस