कुलमानकाे आक्रोश : देशमा काम गर्ने वातावरण नै छैन
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर बिहीबार, २०८० | २०:११:०० मा प्रकाशित
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो देशमा काम गर्ने वातावरण नै नभएको बताएका छन् ।
ललितपुर महानगरपालिका भित्रको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा घिसिङले प्राधिकरणलाई सरकारकै निकाय, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसकारी संस्था लगायत स्थानीय स्वयंले काम गर्न नदिएको भन्दै आक्रोश पोखे ।
प्राधिकरणको काम गर्दा सबैले आफ्नो क्षेत्रको विकासमा योगदान दिनुपर्ने भएपनि त्यसो नभएको उनको गुनसो थियो ।
‘प्राधिकरणले गर्दा अलिकति गाह्रो भयो भने नगरपालिका, वडा स्थानीय सबैले गाली गर्छन् । सडकले त झन् काम नै गर्न दिँदैन, म आफैं उभिएर काम गरौं भन्दा अब त निर्माण कम्पनीहरुले सडकको सहमति विना काम नै नगर्ने भन्छन् । अब कसरी काम गर्ने ?’ घिसिङले भने ।
समन्वयको समस्या समाधान नभए विकास सम्भव नरहेको भन्दै उनले ट्रान्समिसन लाइनको सबै ठाउँमा असहज भइरहेको सुनाए ।
गैरसरकारी संस्था प्रति आक्रोश व्यक्त गर्दै घिसिङले विकास विरोधी भन्न भ्याए । ‘नेपालमा एनजीओ, आईएनजीओ यति धेरै छन्, उनीहरुको काम नै रोक्ने हो । एडीबीको परियोजना आयो भने नेपालदेखि अन्तर्राष्ट्रिय एनजीओ सबै रोक्न लागि पर्छन् । ’
नेपालमा काम गर्न नदिने प्रवृत्ति बढेको भन्दै उनले नेगेटिभ कुरा गरेर काम नहुने बताए । ‘वनले काम गर्न दिएको छैन, अपर अरुणको काम एउटा रुख काट्न नदिएर एक वर्षदेखि रोकिएर बसेको छ । यस्तो स्थितिले देश बन्दैन,’ उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
- प्रभु बैंकका ग्राहकले गणेशमान सिंह मेमोरियल हस्पिटलको सेवामा विशेष छुट पाउने
- बागमती प्रदेशमा नेपाल र तामाङ भाषा बने ‘सरकारी कामकाजको भाषा’
- खडेरीले सुक्न थाल्यो मकै, चिन्तामा किसान
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
प्रतिकृया दिनुहोस