खेल

थपिएको समयको दोस्रो मिनेटमा गोल खाँदा जितेकाे अंक बराबरी बाँड्न पुग्याे एफसी चितवन

  • १२ मङ्सिर मंगलबार, २०८० | १९:४८:०० मा प्रकाशित

काठमाडौं । अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ ।

खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो ।

८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि गर्न खिनेको कटब्याक शोखरुखको खुट्टामा लागेर पोस्टमा जान पुग्यो र आत्मघाती गोल हुन पुग्यो।

यस गोल सँगै चितवन एनएसएल इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्ने तरखरमा थियो। तर अन्तिम समयमा चितवनले गोल खान पुग्यो।

थपिएको समयको दोस्रो मिनेटमा एनकेंगुए जुनियरले खेलमा बराबरी गरे।

काठमाडौंले पहिलो खेलमा इलाम विरुद्ध जित हासिल गरेको थियो। चितवनले भने पोखरासँग पराजय भोगेको थियो।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा ९ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

तपाईँको मत