राजनीति

बाबुराम भट्टराईकाे संयाेजकत्वमा ओवादीसँग एकता गर्न नेसपाले बनायो समिति

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा (माओवादी केन्द्र)सहितका विचार मिल्ने दलसँग एकता गर्न समिति गठन गरेको छ । बुधबार केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एकता तथा ध्रुवीकरण संयोजन समिति गठन गरेको हो ।

समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह छन् ।

समितिले बृहत् समाजवादी केन्द्र निर्माणका लागि माओवादी केन्द्रसहित विचार तथा राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकताका लागि काम गर्ने छ ।

बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय पनि गरेको छ ।

यस्तै, माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने, बैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गदै भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्प पीडितलाई राहत र पुनर्स्थापनाका लागि सरकारलाई अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत