धनगढीमा आगलागीबाट अस्पतालसहित ८ पसलमा क्षति
- गाउँ सहर संवाददाता
- २ मङ्सिर शनिबार, २०८० | ०८:११:०० मा प्रकाशित

कैलाली । मध्यरातमा धनगढीमा भीषण आगलागी भएको छ । प्रदेश सभा भवन नजिकै आगलागी हुँदा अस्पतालसहित ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
विद्युत् सर्ट भएर शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।
धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो ।
आगलागीबाट क्षति भएका पसलहरू –
१. दलबहादुर भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम)
२. टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप (बेवी सपको गोदाम)
३. बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर (ब्याग हाउस)
४. जगतबहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ्उ सेन्टर (कपडाको गोदाम)
५. यसोदा साउदले संचालन गरेको न्यु सदीक्षा इन्टरप्राईजेजी(कपडा,जुत्ता,व्यागको गोदाम)
६. गौरी भण्डारीले संचालन गरेको भण्डारी सु-सेन्टर (जुत्ता चप्पलको गोदाम)
७. सारथी अस्पताल कैलाली
८. जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (व्याग हाउस)

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस