गाउँ सहर

छठमय देश, सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवतरूपमा समापन हुने

काठमाडौँ। काठमाडौँलगायत देशका विभिन्न ठाउँमा छठ पर्वको तयारी गरिएको छ। छठ पर्वका लागि पाल, बत्ती जडान गरिएको छ। आइतबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै सुरु हुने छठ पर्व सोमबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवतरूपमा समापन हुनेछ।

उदाउँदो सूर्यलाई अर्घ दिँदै चार दिनसम्म मनाउने छठ पर्वको सोमबार समापन हुनेछ।  कार्तिक शुल्कपक्ष चतुर्थी तिथिदेखि सुरु भएको छठ पर्व सप्तमी तीथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवत रुपमा समापन हुने गर्छ।

शारीरिक कष्ट हरण, चर्मरोगको निवारण तथा दरिद्रपन नष्ट र पुत्र प्राप्ति लागि भगवान सूर्यको पूजा आराधनास्वरुप छठ पर्व मनाउने परम्परा छ।

गाउँ सहर संवाददाता

तपाईँको मत