गाउँ सहर

देउसी भैलो प्रतियोगितामा तोरी चौर आमा समूह प्रथम

पोखरा ।  पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको भरतपोखरी विकास मञ्चले आयोजना गरेको छैटौं खुल्ला देउसी भैलो प्रतियोगितामा तोरी चौर आमा समूहले प्रथम स्थान हासिल गरी २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा कालिका तोरी चौर  महिला  समूह दोस्रो, सिस्ने सरस्वती सामुदायिक महिला समूह तेस्रोे र दिगो शान्ति महिला समूह चतुर्थ भएका छन् । दोस्रो, तेस्रोे र चौथोले क्रमश: १५ हजार, १० हजार ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यसै गरी एकल नृत्य प्रतियोगितातर्फ सुस्मिता सुनारले प्रथम स्थान हासिल गरी ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । स्वस्तिका आचार्य दोस्रो, सागाची गुरुङ्ग तेस्रोे र दिप्सना सुवेदी चतुर्थ भएका छन् ।उनीहरुले क्रमशः ५ हजार, ३ हजार  र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले चाडपर्वले एकआपसमा भाइचारा अभिबृद्धि गर्दै राष्ट्रिय एकता कायम गर्न योगदान गर्ने धारणा राखे ।

भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको प्रतियोगितामा नेपाली काँग्रेसका कास्की क्षेत्र नं २ क का सभापति दिनेश आचार्यले आपासमा भाइचारा बढाउन चाडपर्व र संस्कृति जोगाउन प्रतियोगिता महत्वपूर्ण भएको धारणा राखे ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल र दोहोरी गायक जीवन दाहाललाई स्रष्टा सम्मान अन्तर्गत सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २१ का वडाअध्यक्ष  दीपक सुवेदी ,शान्ति उदय  मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य,  निर्णायक शिबहरि  ढुङ्गाना, सम्मानित स्रष्टा पदमराज ढकाल,समाजसेवी दिपक लामिछाने, विश्वेश्वर हरामी लगायतले  तिहारको सांस्कृतिक महत्व बारे प्रकाश पारेका  थिए  ।

वडा सदस्य एवम् भरतपोखरी विकास मञ्चकी उपाध्यक्ष दुर्गा के सीले स्वागत गरेको  उक्त कार्यक्रम मञ्चका  सचिव रामप्रसाद ढकालले संचालन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत