देउसी-भैली खेल्नेलाई चकाचक, यसपाली काठमाडाैं उपत्यकामा रातैभरि ढुक्कले खेल्न सकिने
- गाउँ सहर संवाददाता
- २६ कार्तिक आइतबार, २०८० | १७:१२:०० मा प्रकाशित
काठमाडाैं । यसपालीको तिहारमा सर्वसाधारणले रातैभरि देउसीभैलो खेल्न पाउने भएका छन्। तिहारमा खेलिने देउसी भैलोका लागि पछिल्लो समय प्रशासनले समय सीमा तोकेर बेलुकी ९/१० बजेभित्रै देउसी भैलो खेलिसक्न प्रशासनले सूचना जारी गर्ने गरेपनि यसपालि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेक अन्यत्र प्रशासनले सूचना जारी गरेर देउसी भैलो खेल्न समय तोकेका छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले यसपालि राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने उल्लेख गर्दै गत शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।
उनले नगर प्रहरीले सुरक्षाका लागि पेट्रोलिङ गर्ने र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गरेका थिए।
‘विगतका वर्षमा कोभिड र सुरक्षाका कारण तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो। यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं,’ मेयर शाहले भनेका थिए, ‘सोही अनुरूप नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं।’
मेयर शाहले देउसी भैलो राति १ बजेसम्म खेल्न पाइने उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेकै दिन काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले सूचना जारी गरेका थिए, जसमा विगतका वर्षहरूमा जस्तो देउसी भैलो खेल्न समय सीमा तोकिएको थिएन।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले देउसी भैलो खेल्ने समय तोक्दै यसपालि प्रशासनले सूचना जारी नगरेको बताए।
‘विगतमा प्रशासनबाट समय तोकिँदै आइएको थियो। अहिले हामीले समय नतोक्ने, सुरक्षा प्रदान गर्ने भन्ने नीति लिएका छौं,’ उनले भने, ‘हामीले सल्लाह गरेर यसपटक समय नतोक्ने निर्णय गरेका हौं।’
चाडपर्वमा मानिसहरूले मादक पदार्थ सेवन गर्ने र भिडको मौका छोपेर अपराध निम्त्याउन सक्ने भएकोले प्रशासनले देउसी भैलोका लागि समय तोक्ने गरेको उनको तर्क थियो।
देउसी भैलो खेल्नका लागि समय तोक्ने कि नतोक्ने भन्नेबारे अन्तरजिल्ला प्रशासन प्रमुखहरूबीच बैठकसमेत गरिएको उनले बताए।
देउसी भैलो काठमाडौं उपत्यकाभित्र रातिसम्म खेल्न पाइए पनि अरू जिल्लाहरूमा भने समय तोकिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
- एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
- प्रभु बैंकका ग्राहकले गणेशमान सिंह मेमोरियल हस्पिटलको सेवामा विशेष छुट पाउने
- बागमती प्रदेशमा नेपाल र तामाङ भाषा बने ‘सरकारी कामकाजको भाषा’
- खडेरीले सुक्न थाल्यो मकै, चिन्तामा किसान
प्रतिकृया दिनुहोस