अर्थतन्त्र

करीब ८ अर्ब नाफामा नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष कम्पनीले ७ दशमलव ८६ प्रतिशत कम खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको कुल आम्दानी १ दशमलव ११ प्रतिशत मात्र बढी भएको छ । अघिल्लो वर्ष ४४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष ४४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । अन्य आम्दानी भने अघिल्लो वर्षभन्दा ४५ दशमलव ३४ प्रतिशत कम भएको छ ।

अघिल्लो वर्ष ५४ करोड ७४ लाख रुपैयाँभन्दा बढी अन्य आम्दानी गरेको कम्पनीले गत वर्ष २९ करोड ९२ लाख रुपैयाँभन्दा बढी अन्य आम्दानी गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १८ अर्ब रहेको छ । जगेडा कोष रकम भने ७५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी कायम छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत