गाउँ सहर

प्रधानमन्त्री बाढीपीडित क्षेत्रमा, बेपत्ताहरूको खोजी कार्यमा सबै लाग्न अपिल

तस्बिरः ध्यान कुलुङ गाेरखापत्र ।

सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो कोशी प्रदेशका पहिरो प्रभावित जिल्लामा पुगेका छन् । प्रधानमन्त्रीले पीडितको उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी सङ्घसंस्थामा अपिल पनि गरे ।

प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार विहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासका लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए ।

आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सङ्खुवासभामा एक जनाको मृत्यु भएको थियो भने १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत