नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम नुराङ, हिन्दू धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
- गाउँ सहर संवाददाता
- २० जेठ शनिबार, २०८० | ०७:४०:०० मा प्रकाशित
काठमाडौं । नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिको जनसंख्या रहेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांकले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको जातजाति, भाषा र धर्मसम्बन्धी विवरणले दोस्रोमा पहाडी ब्राह्मणको जनसंख्याको मानिस बसोबास गर्ने औंल्याएको छ ।
कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् ।
त्यस्तै, पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत जनसंख्या रहेको कार्यालयको विवरणमा उल्लेख छ ।
त्यस्तै, ११ जातिको संख्या एक हजार भन्दा कम रहेको विवरणमा देखिएको छ । जसअनुसार नुराङ जातिको जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ । कार्यालयको अन्तिम तथ्यांकमा ११ जातिहरु नुराङ, बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ, राउटे, तोप्केगोला, फ्री र कलार जातिहरुको देशभरमा जनसंख्या एक हजारभन्दा कम रहेको छ ।
कुन जातिको जनसंख्या कति ?
त्यसैगरि नेपालमा १२ औं राष्ट्रिय जनगणनाले ८१ प्रतिशतभन्दा बढीले हिन्दू धर्म मान्ने देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको हाे ।
जसमा मुख्यत नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको सार्वजनिक नतिजामा उल्लेख छ ।
कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत)ले हिन्दु धर्म मान्ने तथ्यांक देखिएको छ ।
यस्तै, दोस्रोमा बौद्ध धर्म मान्ने मानिस रहेका छन् । तथ्यांकअनुसार २३ लाख ९३ हजार ५४९ जना (८.२१ प्रतिशत)ले बौद्ध धर्म मान्ने रहेका छन् ।
त्यस्तै, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको अन्तिम नतिजाले देखाएको छ ।
२०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए ।
राष्ट्रिय जनगणना २०७८ को धर्म सम्बन्धी तथ्यांक
जनगणनाअनुसार जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको कार्यालयले जनाएको छ ।
२०६८ को जनगणना अनुसारका कुल १२५ जातजातिमा १७ वटा जातजाति थप भएको छ । २०६८ अनुसारको कुल १२३ वटा मातृभाषा मध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून भएकोले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको कार्यालयले जनाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयमा जातजाति, भाषा र धर्म सम्बन्धमा सरोकारवाला विभिन्न व्यक्ति तथा संस्थाहरुबाट करिब ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएको र यस सन्दर्भमा विज्ञ तथा संवैधानिक आयोगका सम्बन्धित कर्मचारीहरुको सहभागितामा परामर्श गरिएको र विभिन्न व्यक्ति तथा संस्थाहरुसँग छलफल गरिएको कार्यालयले जनाएको छ ।
२०६८ सालको जनगणनामा प्रकाशित भएका जातजाति र भाषाका अतिरिक्त २०७८ मा उल्लेख भई आएका थप नयाँ जातजाति र भाषाहरुको सन्दर्भमा त्यसलाई अन्तिम रुप दिन विज्ञहरूबाट प्रासंगिक कागजातहरू अध्ययन गरी वर्गीकरण गरिएको कार्यालयले जनाएको छ ।
जातजाति, भाषा र धर्मसम्बन्धमा नतिजा प्रकाशनको पहिलो चरणमा स्थानीय तहसम्मको लिङ्ग अनुसारको जनसंख्या सार्वजनिक गरिएको छ ।
जातजाति, भाषा र धर्म सम्बन्धी विस्तृत विवरणका लागि तलको लिंकमा हेर्नुहोस्ः
4
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रबिलाई आज पनि अदालत उपस्थित गराइँदै, थुनछेक बहसपछि आदेश आउने सम्भावना
- माैसम : तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन प्रभावित
- रामेछापकाे हिमाल छेउका लाहाछेवारका विद्यार्थीलाई 'डे बोर्डस' कार्यक्रम
- बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत
- आज जैविक विविधता दिवस मनाइँदै
- मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन
- एसईई २०८१ को परीक्षा तालिका सार्वजनिक, चैत ७ गतेदेखि शुरू
- फास्ट फुड एशोसियशनको अध्यक्षमा होमबहादुर र महासचिवमा श्रेष्ठ निर्वाचित
- आज माघी पर्व, थारु समुदायले विशेष रुपमा मनाउँदै
- नागरिक लगानी कोषको ३० औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांस पारित
प्रतिकृया दिनुहोस