सडक/यातायात

गुल्मीको तम्घास बजारको सडक पुनःकालोपत्रे

  • १५ जेठ सोमबार, २०८० | १३:२४:०० मा प्रकाशित

गुल्मी । गुल्मीको तम्घास बजारमा पुनःकालोपत्रे गरिएको छ । ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूल नाराका साथ अगाडी बढिरहेको नगरपालिकाले सडकको मर्मत र स्तरोन्नति गर्ने कामलाई तीव्रता दिएको हो । 

आफैंमा साँघुरो बजारभित्रको सडक ठाउँ–ठाउँमा भत्किने र पटक–पटक हुने खाल्डाखुल्डी पैदलयात्री तथा सवारी साधनको समस्या हुँदै आएको थियो । अहिले रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीको अग्रसरतामा बजारको सडकमा पुनःकालोपत्रेको कार्यलाई तीव्रता दिइएको हो । 

तम्घास बजारमा २० वर्षअघि गरिएको कालोपत्रे भत्कीन र उप्कीन थालेसँगै पुनःकालोपत्रेको कार्यलाई अगाडी नगरप्रमुख पन्थीले बताए । जीर्ण सडकका कारण तम्घास बजार क्षेत्रमा दुर्घटनाको जोखिम, ट्राफिक व्यवस्थापन तथा बजारको सौन्दर्यतालाई असर गरेपछि कालोपत्रे गर्ने कार्य कार्यलाई तीव्रता दिइएको उनको भनाइ छ ।

तम्घास बजारभित्र सडकमा पैदल यात्रुलाई आवतजावत गर्न असहज हुने गरि राखिएका व्यापारिक सामान हटाउन नगरपालिकाले आग्रह गरेको छ । बजारलाई सुन्दर र व्यवस्थित बनाउन नगरपालिका लागि रहेको बताउदै घर अगाडीको छप्पर, अस्थायी संरचनाहरु यथाशिघ्र हटाउन आग्रह गरिएको रेसुंगा नगरपालिका–७ का वडाअध्यक्षत तथा प्रवक्ता रामप्रसाद पन्थी (राम्जी) बताए । 

निर्माण व्यवसायी तथा घरधनी वा अन्य व्यक्तिले सडकमा राखेका निर्माण सामग्रीहरु ढुङ्गा, गिट्टी, बालुवा, माटो छड निर्माण कार्यमा प्रयोग हुने मेसिन र सडकमा पैदल यात्रुहरुलाई आवतजावत गर्न असहज हुने गरी राखिएका वा झुण्डाईएका व्यपारिक सरसामानहरु ३ दिनभित्र हटाउन समय सीमा दिइएको छ । 

अहिले सदरमुकाम तम्घासको मुख्य सडकमा कालोपत्रेको कार्य भइरहेको छ । सडक पुनः कालोपत्रे गर्ने कार्य संघीय आयोजना कार्यन्वय इकाइ रुपन्देही अन्तर्गत भवन तथा सहरी डिभिजन कार्यालय भैरहवाले आर ए बिल्डर्स काठमाडौंलाई निर्माणको जिम्मा दिएको थियो ।

तपाईँको मत