समाज

पोखरा महानगरपालिका वडा नं. २६ को वार्षिक समीक्षा एवम् योजना तर्जुमा

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ को वार्षिक समीक्षा एवम् आर्थिक वर्ष २०८०/०८१ का लागि योजना तर्जुमा कार्यक्रम  सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष नरेन्द्र थापाले आफू निर्वाचित भएर आएको १ वर्ष पार भएकोमा निर्वाचित गराउने  वडावासीहरुलाई धन्यवाद व्यक्त गर्दै नेपाली काँग्रेसबाट निर्वाचित भएर आएको भएपनि सम्पूर्ण वडावासीहरुको माया र सदभाव पाउन सफल भएको वताए ।

वडाध्यक्ष थापाले वडाभित्र  विभिन्न योजनाहरुको लागि योजना बैंकको स्थापना गरी विज्ञ सल्लाहकारको टिम बनाएर वडाभित्र राजनितिक वा अन्य कुनैपनि खालकाभेदभाव  नगरी प्राथमिकताको आधारमा वजेट विनियोजन गर्ने गरेको र त्यसकोप्रतिफल अहिले वडावासीहरुले महसुस गर्न पाएको वताए । उनले महानगरका ३३ वटा वडामध्ये वडा नं. २६ मा सबैभन्दा धेरै वजेट भित्राउन सफल भएको, उत्कृष्ट योजना सम्पन्न गर्न सफल भएको र एउटा मात्रै शीर्षकमा रकमानन्तर भएको वताउँदै आगामी दिनमा अझै अहोरात्र खटेर
वडाको विकासको लागी लागिपर्ने वताउँदै  वडावासीहरुको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको वताए ।

उनले १ वर्षको लागि १८ करोड ६५ लाख रुपैयाविनियोजन गरिएको उल्लेख गर्दै झण्डै ८० प्रतिशत काम सम्पन्न भएको उल्लेखगरे । विनियोजित रकमबाट बैशाख मसान्तसम्म ६० प्रतिशत र जेठको दोस्रो हप्तासम्म थप२० प्रतिशत योजनामा प्रगती भएको र असार मसान्तसम्म लक्षित बजेटबाट  काम सक्नेअध्यक्ष थापाले बताए ।

वडामा सडक कालोपत्रे, ढल र नाला निर्माणका कामले तिव्रता पाएको उल्लेख गर्दैअध्यक्ष थापाले वडा, महानगर रप्रदेश सरकारको समेत बजेटबाट विभिन्न क्षेत्रमा गरी १ सय २९ योजना सम्पन्न भएकोजानकारी दिए । अघिल्लो आर्थिक बर्षमा वडाभेला गरी योजना संकलन गरिएको र तीयोजना बैंक स्थापना गरी कार्यन्वयन गरिदै लगिएको पनि अध्यक्ष थापाले बताए ।योजना बैंकमा ३ सय ४० योजना रहेकोमा एक सय २९ योजनाको कार्य सम्पादन भएको बताउँदै, अध्यक्ष थापाले आ।ब। २०८०/०८१ मा थप योजनालाई योजनाबैंकमा समावेश गरी कार्यान्वयन गरिदै जाने बताए ।

वडा अध्यक्ष थापाले सामुदायिक बनहरुलाई बाँदर मैत्री बनाउन , दमौरो, अँगेरी ऐसेुि तिजुका रुख कटान रोकी बनउपभोक्ता समितिसँगको सहकार्यमा फलफुलका विरुवा रोप्ने अभियान गरिने, वडामा रहेका चौतारा, खानेपानीकामुहानहरुको संरक्षण र सम्बद्र्धन गरिने योजना आगामी आर्थिक बर्षमा समेटिनेउल्लेख गरे । कार्यक्रममा बोल्दै पूर्व कानुनमन्त्री एवं नेपाली काँग्रेसका नेता यज्ञ बहादुर थापाले वडा नं। २६ मा यो वात्यो पार्टी नभनी महानगरकै वडाहरुमध्ये ठुलो वजेटका साथ विकासको गतीले तिव्रतालिएको कार्य स्याबासी दिने खालको भएको वताउँदै आगामी दिनमा अझै मेहनत गर्न जनप्रतिनिधिहरुको सिंगो टिमलाई आग्रह गरे ।

उनले अहिलेको वडा समितिको टिमले महानगरकै उत्कृष्ट वडाको रुपमा विकास निर्माणकाकार्यहरु गर्न सकेकोमा धन्यवाद व्यक्त गर्दै अझै उत्साह, जाँगर, संकल्प रअठोटका साथ अगाडी वढ्न आग्रह गरे । उक्त अवसरमा पोखरा महानगरपालिका योजना शाखाका  कृष्ण तिवारीले वडा नं. २६ महानगरकै धेरै बजेट भित्राउन सफल वडा भएको वताउँदै भौतिक विकासमा मात्रैजोड नदिई स्थानिय कला, संस्कृति, सभ्यता, संस्कारको जर्गेना गर्दै ज्ञान, सिप र दक्षताको विकासमा पनि ध्यान दिनु पर्ने वताएका थिए । नेकपा माओवादी केन्द्रका नेता झलकपाणी तिवारीले २०६२/०६३ सालको परिवर्तनपछि जनताको अधिकारको अभ्यास वडास्तरसम्म भएको उल्लेख गरेका थिए ।

वडा अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, नेपाली काग्रेस वडा इकाई सभापति शिवबहादुर रानाभाट, नेकपा एमाले २६ नम्बर वडाका सचिव सुर्यप्रकाश , नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका हित बहादुर थापा लगायतका प्रतिनिधिहरुले बोलेका थिए । कार्यक्रममा स्वागत वडा सदस्य तिर्थबहादुर राजभाटले स्वागत र वडा सचिवमिना भट्टराई भण्डारी, कर्मचारी लिलामणि भण्डारी र नवराज सापकोटाले समिक्षा कार्यक्रममा सहजीकरण गरेका थिए ।

तपाईँको मत