नेपाली सेनासँग हतियार पर्याप्त छ, नयाँ हतियार खरिद गर्न कुनै जरुरी छैन : प्रधानसेनापति शर्मा
- गाउँ सहर संवाददाता
- १२ जेठ शुक्रबार, २०८० | १७:०५:०० मा प्रकाशित

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनासँग आवश्यक हतियार पर्याप्त रहेको बताउँदै नयाँ हतियार खरिद गर्नेबारे कुनै सोच नभएको बताएका छन्।
अन्तर्राष्ट्रिय शान्ति सेना दिवसको अवसरमा पञ्चकालीमा आयोजना गरिएको विशेष समारोहलाई विशेष सम्बोधन पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सेनापति शर्माले नेपाली सेनालाई हतियार खरिद गर्नुपर्ने जरुरी नरहेको स्पष्ट पाररे। सेनापति शर्माले भने, ‘‘हामीसँग आवश्यक हतियार पर्याप्त छन्, नयाँ हतियार खरिद गर्नुपर्ने कुनै जरुरी नै छैन।’’
उनले नियोजित रुपमा सेनाले हतियार खरिद गर्न थाल्यो भनेर दुष्प्रचार भइरहेको उल्लेख गर्दै सेनालाई आवश्यक नै नभएका हतियार खरिद गर्न थाल्यो भन्ने दुष्प्रचारको पछाडि कुनै नियोजित स्वार्थ लुकेको हुनसक्ने आशंका व्यक्त गरे।
नेपाली सेनाको हतियार खरिद गर्ने छुट्टै प्रक्रिया छ । नेपाली सेनालाई थप हतियार खरिद गर्नुपर्ने भए त्यसको आवश्यकता पुष्टि हुने गरी अवधारणा पत्र नै तयार गरी सरकारबाटै स्वीकृत गराए।
हतियार खरिद गर्ने योजना भए त्यसको औचित्य पुष्टि हुनेगरी अवधारणापत्र तयार गरी रक्षा मन्त्रालयमा पेश गर्ने चलन छ। रक्षा मन्त्रालयले त्यस्तो आवश्यकता देखेमा नेपाल सरकार मन्त्रिपरिषदमा पेश गरी निर्णय गराउनुपर्छ। हतियार खरिद गर्ने र किन्ने दुई देशबीच सरकारी तहमै दुई पक्षीय सम्झौतापछि मात्र खरिदको प्रक्रिया अघि बढ्छ।
सेनापति शर्माले नेपाली सेना, रक्षा मन्त्रालय तथा नेपाल सरकारबीच हतियार खरिद गर्ने बारे कुनै छलफलसमेत नभएको स्पष्ट पारे। उनले थप स्पष्ट पारे, ‘‘कुनै स्वार्थ समूहको योजनालाई प्रश्रय हुनेगरी नेपाली सेनाले हतियार खरिद गर्न थाल्यो भनेर दुष्प्रचार भइरहेको छ। हतियार खरिद गर्न सेनासँग आवश्यक न त बजेट छ, न त कुनै योजना नै बनेको छ। हामीसँग आवश्यक हतियार रहेकाले थप हतियार खरिद गर्नुपर्ने कुनै जरुरी नै छैन।’’
यनले नियोजित रुपमा प्रचार गरिएजस्तो अर्बौं रुपियाँ रकमको हतियार खरिद गर्न सम्भव नै नरहेको बताए । छिमेकी मुलुकको नाम जोडेर सेनाले हतियार खरिद गर्न बैङ्किङ प्रक्रिया अघि भन्ने प्रचारबाजीलाई पुष्टि गर्नसमेत उनले चुनौती दिए । सेनापति शर्माले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा आवश्यक स्पेयर पार्टबाहेक नयाँ हतियार तथा बख्तरबन्द जस्ता सैन्य हतियार र उपकरण खरिद गर्ने कुनै सोचसमेत नभएको स्पष्ट पारे।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस