सडक/यातायात
उपत्यकासहित बागमती प्रदेशमा घट्यो सार्वजनिक सवारी साधनको भाडा
- गाउँ सहर संवाददाता
- ११ जेठ बिहीबार, २०८० | १६:३०:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा प्रदेश सरकारले अन्तर पालिकामा चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । प्रदेश सरकारले सार्वजनिक सवारीका साधनको भाडा ५ प्रतिशतले समायोजन गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडा समायोजन गरिएको हो । उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५.९० प्रतिशतले घट्ने छ ।
यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस