गाउँ सहर

श्रीमानकाे जन्मदिनमा बीमा पाेलिसी उपहार

झापा । पछिलल्लाे समय नेपालीहरूमा पनि बीमा पाेलिसी उपहार दिने प्रचलन बढ्दै गएकाे छ । विभिन्न जिन्सी सामान, गरगहना लगायतका उपहार दिनुकाे सट्टा भविष्यमा आइपर्न सक्ने जाेखिमविरूद्धकाे सुरक्षाकाे निम्ति बीमा पाेलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएकाे छ ।

यसैबीच सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी चन्द्रगढी शाखामा कार्यरत भद्रपुर नगरपालिका-१० निवासी एजेन्सी मेनेजर विनिता चापागाइले आफ्नाे श्रीमान यामलाल पाैडेलकाे जन्मदिनमा बीमा पाेलिसी उपहार दिएकी छन् । 

कृषि विकास बैंक चन्द्रगढी शाखामा कार्यरत पाैडेलले आफ्नाे जन्मदिनमा श्रीमतीले दिएकाे बीमा पाेलिसी उपहारले खुशी बनाएकाे बताए । 

पाैडेलले भने- जन्मदिनमा श्रीमतीले दिएकाे बीमा पाेलिसी उपहारले खुशी बनाएकाे छ । अहिलेकाे अवस्थामा सकेजति ग्नेपालीले बीमा पाेलिसी अनिवार्य रूपमा लिनुपर्छ ताकि भविष्यमा आइपर्ने आकस्मिक जाेखिम र आर्थिक संकटमा पनि परिवारलाई सुरक्षित गर्न मद्दत गर्दछ । 

चापागाइले श्रीमानलाई सिटिजन वार्षिक अग्रिम भुक्तानी याेजनाकाे बीमा पाेलसी उपहार दिएकी हुन् । यस याेजनाले अनिवार्य वचतसँगै भविष्यमा आइपर्नसक्ने विभिन्न जाेखिम विरूद्ध सुरक्षा प्रदानले जीवनलाई सहज बनाउन मद्दत पुग्दछ । 

गाउँ सहर संवाददाता

तपाईँको मत