दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २४ औँ स्मृति दिवस
- गाउँ सहर संवाददाता
- १३ बैशाख बुधबार, २०८० | ११:३३:०० मा प्रकाशित

काठमाडौं । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन्।
अधिकारीको नाम लिनासाथ आम मानिसको दिमागमा सरलता, इमान र निष्ठाको एउटा बेग्लै बिम्ब निर्माण हुन्छ । राजनीतिज्ञ कस्तो हुनुपर्छ र उसको जीवन कसरी बित्नुपर्छ भन्ने उदाहरण खोज्दा मनमोहन अधिकारी समकालीन राजनीतिको एउटा ‘रोल मोडल’का रुपमा स्थापित छन् ।
विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा एमाले र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । अधिकारीकै ९ महिने सरकारको पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैं बनाउँ’र ‘नौ स’को अभियानजस्ता अभियान सुरू भएका थिए । अधिकारी नै त्यस्तो प्रधानमन्त्री हुन्, जसले प्रधानमन्त्रीका रुपमा इतिहासमा पहिलोपटक भारतसँग सन् १९५० को असमान सन्धि पुनराबलोकनका लागि औपचारिक प्रस्तावसमेत गरेका थिए ।
नेपालका सर्वाधिक लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा आजकै दिन निधन भएको थियो ।
बिक्रम संबत १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारीका जेष्ठ पुत्रका रुपमा जन्मिएका मनमोहन अधिकारीले भारतीय स्वतन्त्रता संग्रामबाट आफ्नो राजनीतिक जीवन आरम्भ गरेको र भारतबाट अंग्रेजी साम्राज्य हटाउन सन् १९४२ मा भएको ‘भारत छोडो’ आन्दोलनमा सहभागी भएर डेढ बर्ष जेल परेरका मनमोहन अधिकारी भारतीय स्वतन्त्रता संग्राममा योगदान गर्ने सीमित नेपाली नेताहरुमध्ये एक हुन् ।
विक्रम सम्बत् २००३ साल फागुन २१ बाट शुरु भएको बिराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्दै नेपाली राजनीतिमा क्रियाशील रहेका अधिकारी नेपाल कम्युनिष्ट पार्टीभन्दा पनि जेठो कम्युनिष्ट हुन् । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना हुँदा संलग्न हुन नपाए पनि उनि २०१० सालमा आयोजित नेकपाको प्रथम राष्ट्रिय महाधिबेशनबाट महासचिवमा निर्वाचित भए ।
देश तथा विदेशमा गरी १४ बर्ष जेल जीवन बिताएका मनमोहन अधिकारीले लामो समय नेकपा (माक्र्सवादी) मार्फत् पञ्चायतविरोधी संघर्षमा नेतृत्व गरे । २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को अध्यक्ष बनेका पूर्व प्रधानमन्त्री अधिकारी त्यसउप्रान्त लगातार एमाले अध्यक्ष रहिरे ।
अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए भने ०५१ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रधानमन्त्री बने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस