अनुदानमा आएको सिनोभ्याकको ४० लाख डोज खोप प्रयोगमा आएन
- गाउँ सहर संवाददाता
- ८ बैशाख शुक्रबार, २०८० | १४:०३:०० मा प्रकाशित

काठमाडौं । चीनबाट अनुदानमा प्राप्त भएको सिनोभ्याकको ४० लाख डोज खोप प्रयोगमा आउन सकेको छैन । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले उक्त खोप बुस्टरडोजका रूपमा प्रयोग गर्न नमिल्ने र अधिकांशले पहिलो डोज लगाएकाले खोप प्रयोगमा आउन नसकेको जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र खोप सल्लाहकार समितिले सिनोभ्याकको खोप बुस्टर डोजको लागि योग्य नभएकोले बुस्टरको रूपमा प्रयोग नगर्न आग्रह गरेको थियो। बुस्टर डोजका लागि योग्य नभए पनि पहिलो र दोस्रो डोजको लागि प्रयोग गर्न डब्लुएचओको सुझाव थियो।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा.अभियान गौतमले उक्त खोप लगाउने इच्छा कसैले नदेखाएकाले खोप प्रयोगमा आउन नसकेको बताए ।
उनले भने, “यो खोप बुस्टरको लागि योग्य छैन। नेपालमा यो खोप आउँदा प्रायः सबैले पहिलो र दोस्रो खोप लगाइसकेका थिए। खोपको कतैबाट पनि माग नभएपछि खोप प्रयोगमा आउन सकेको छैन।”
डब्लुएचओले खोप पहिलो र दोस्रो खोप नलाएका राष्ट्रमा पठाउन सुझाव दिएको छ। सोही अनुसार अन्य एकमात्रा पनि खोप नलगाएका राष्ट्रमा खोप पठाउन मन्त्रालयमार्फत चिठी पठाइसकेको डा. गौतमले जानकारी दिए।
डा. गौतमका अनुसार प्रायः सबै राष्ट्रका नागरिकले पहिलो र दोस्रो खोप लगाइसकेकोले अहिलेसम्म कुनै पनि खोप लैजाने इच्छा राखेका छैनन्। उक्त खोपको म्याद समाप्त हुने अवधि करिब आठ महिना (२०२३/१२/१९) सम्म छ।
चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा पाँच लाख ४० लाख खोप भित्रिएको थियो। यो खोप अस्पतालमा भर्ना दर ६४.६ प्रतिशत घटाउने र गम्भीर बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी हुने भनिएको छ।
छ करोडमध्ये प्रायः सबै खोप प्रयोग कोरोना नियन्त्रण गर्न भनेर सरकारले छ करोड १७ लाख ७६ हजार ७७० डोज खोप प्राप्त गरेको थियो। जसमध्ये ३७ प्रतिशत खरिद गरेको, ३३ प्रतिशत कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध भएको र ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएका थिए।
सिनोभ्याकबाहेक लगभग सबै खोप प्रयोगमा आइसेका छन्। आपूर्ति शाखाका चौरसियाका अनुसार हाल बुस्टरका रूपमा प्रयोग भएको बाइभ्यालेन्टको करिब १० लाख र भेरोसेलको ४३ हजार खोप स्टक छ।
तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ८२ प्रतिशतभन्दा बढीले प्रतिशतले पहिलो र ८३ प्रतिशतले भन्दा दोस्रो (पूर्ण) मात्रा खोप लगाइसकेका छन्।
नेपालमा ओमिक्रोनको नयाँ सब भेरिएन्ट एक्सबीबी १.१६ पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। सो भेरिएन्टले धेरैजनालाई सङ्क्रमित बनाउने बताए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
प्रतिकृया दिनुहोस