कला

आमा मेराे जिन्दगी

किन्न पाए भगवान म्ल्य पनि किटान गरे
न आमा किन्न पाए न म्ल्य किटान गर्न सके"

नजिक हुँदा त्यति वास्था नहुन्थ्यो 
जब टाढा हुँदा तब याद आउँछ ।
आज मैले भोगेर हेरेँ "आमा"
भगवानसँग ढाेगेर हेरेँ "आमा" ।
आमा बिनाको अर्थ अधुरो रहेछ
घाम बिना छायाँ नभए जस्तै जिन्दगी मधुरो रहेछ ।

मलाई सम्झेर कति रुँदिहुन् मेरी "आमा"
मेरै तस्बिर हेरेर मलाई छुँदिहुन् मेरी "आमा" ।

जब सुख सहारा पाउनु पर्ने बेलामा 
तबसम्म सन्तानबाट एक्लो र रोगी बन्यौ "आमा"।

सानो छँदा अमूल्य माया दियौं 
आफ्नो गाँस काटी खुवायौ पियायौ "आमा" ।

भगवानसरि पूजा गरी मुख हेर्ने दिन आज
सन्तानबाट टाढा हुँदा छट्पट्याउछिन् व्यवहार देखेर ती समाजको ।

आमाको महिमा भगवान भन्दा हुन्छ माथि
आमा नै हो जिन्दगीको हर मोडको साथी ।
गन्तव्य बिनाको यात्री र आमा बिनाको जिन्दगी देखे
जब नयन मेरो आँसुले भरियो
तब आमा सम्झिए,
दुनियाँमा हर कोही "आमा" जस्तो कहिल्यै नहुदो रहेछ "आमा" ।

किन्न खोजे भगवानको मूर्तिलाई मूल्य किटान पनि गरे
आमाको मूल्य न किटान गर्न सके नत "आमा" किन्न पाए ।

आमाबाट जन्मिएर नै संसार देख्न र चिन्न पाए "आमा" ।

शास्त्रमा नै आज आमाको मुख हेर्ने दिन भन्छ "आमा"
अर्को जन्म पनि तिम्रै कोखमा जन्मिन पाऊ "आमा"।

तपाईँको मत