शेयरबजार : नेप्से २६०० अंकबाट पनि ओरालो
- गाउँ सहर संवाददाता
- ८ असार आइतबार, २०८२ | १५:४५:०० मा प्रकाशित

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । उच्च कारोबार रकमका बाबजुद बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक ३२.१६ अङ्कले घटेर २५९६.७४ विन्दुमा बन्द भएको हो।
करिब ३ महिनापछि बजार फेरि २६ सयबाट तल झरेको हो । यसअघि मार्च २५ मा बजार सो विन्दुबाट उकालो लागेको थियो । परिसूचकसँगै आज कारोबार समेत घटेको छ । अघिल्लो दिन १० अर्ब बढीको कारोबार भएको नेप्सेमा कुल ९ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज दिनभरमा ८७ हजार ३०२ वटा कारोबारमार्फत२ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आज बजारमा २४८ कम्पनीका ३१० कम्पनीका कुल स्क्रिपको कारोबार भयो । कारोबारमा आएका कुल ३१० कम्पनीमध्ये जम्मा २३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने २२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
बजारमा आज होटल र हाइड्रो समूहको मूल्यमा उच्च गिरावट आएको छ । बजारका सबै समूह आज नकारात्मक देखिएका छन् । आजको ओरालो लागेको बजारमा पनि जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैङ्कको ५.६० प्रतिशतले मूल्य बढ्दा पियोर इनर्जीले १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किटको सामना गरेको छ ।
कारोबार रकमको आधारमा दोर्दी खोला जलविद्युतको शीर्ष स्थानमा रह्यो। कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो । त्यसपछि बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाखको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार, सदस्य–सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा
- सिंगापुरमाथि नेपालको शानदार जित
- रास्वपा बेलमै घेरेर बसेपनि चलिरह्ये संसद (लाइभ)
- एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै
- संसदमा रास्वपाको अवरोध कायमै, पेलेर अघि बढे सभामुख (LIVE)
- नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस खाएको ठहर
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार
- प्रधानमन्त्रीकाे उपस्थितिमा ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरे ग्वार्काेकाे ओभरपास
- रास्वपा र राप्रपाले बहिष्कार गरेपनि चलिरहेछ प्रतिनिधिसभा बैठक (लाइभ)
- प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर
प्रतिकृया दिनुहोस