गाउँ सहर

थप उपचारका गर्न चालक थापालाई मेडिसिटी ल्याइयो, रवि भन्छन्- 'प्रिय भाइ, हामी दुवैलाई हार्ने छुट छैन'

काठमाडाैं । कलेज अफ मेडिकल साइन्सेस चितवनमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा शम्भुलाई थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको छ । 

कलेज अफ मेडिकल साइन्सेस चितवनमा गम्भीर र नाजुक स्वास्थ्य स्थितिबीच ३६ घण्टासम्म उपचारपछि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको हो । 

उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको लामिछानेले बताएका छन् । उनलाई थप उपचारको लागि चिकित्सक र आफन्तको सल्लाहमा नेपाली सेनाको हेलिकोप्टरबाट एयर लिफ्ट गरेर मेडिसिटी अस्पतालमा पठाइएको लामिछानेले बताए । 

उनले थापालाई सम्बोधन गर्दै दुवैलाई हार्ने छुट नरहेको बताएक छन् । 'प्रिय भाइ, हामी दुवैलाई हार्ने छुट छैन । यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ, छिटो ठिक भएर फर्क', उनले भनेका छन् । 

अढाई तले घरबाट खसेर गम्भीर घाइते भएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत