नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको दशौँ महाअधिवेशन शुरू
- गाउँ सहर संवाददाता
- ५ बैशाख मंगलबार, २०८० | १३:१०:०० मा प्रकाशित

काठमाडौं । कृषि विकास बैंक, वित्तीय सस्था कर्मचारी युनियनका पदाधिकारी तथा प्रतिनिधि आफ्नो नेतृत्व चयनका लागि दशौँ महाधिवेशनको सवै तयारी पुरा भएको छ । युनियनका पदाधिकारी तथा प्रतिनिधि आफ्नो नेतृत्व चयनका लागि भक्तपुरको वोडेमा जम्मा भएका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंकको २०८० बैशाख ५ र ६ गते भक्तपुरको बोडेमा सम्पन्न हुन लागेको दशौँ केन्द्रीय महाधिवेशनको आज नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । उक्त महादिबेशनमा देशभरीबाट ३०० प्रतिनिधि रहेका छन् ।
संगठनको चुनावमा पुण्य प्रसाद दाहालको प्यानलमा सिद्धीलाल मगिया र रमेश कटुवालले उमेद्धवारी धोषणा गरेका छन् । बैंक भित्रको नेतृत्वका लागि समेत काग्रेसको केन्द्रिय नेतृत्वले उत्तीकै चासो राखेको छ । सरकारी तीन बैंक मध्ये ठुलो युनियन कृषि विकास बैंकमा रहेको छ । युनियनका पदाधिकारी तथा प्रतिनिधिहरुले ट्रेड युनियन लगायत नेपाली कांग्रेस समर्थित पेशागत संगठनहरुमा समेत राम्रो प्रभाव पार्ने देखिन्छ ।
बैंक भित्र सौदावाजीको महत्वपुर्ण भुमिका निर्वाह गर्ने यो युनियन कृषि विकास बैंकमा क्रियाशिल युनियन मध्येकै ठुलो युनियन हो । यो युनियनको नेतृत्वले बैंकको व्यवसायिकताको सवालमा निकै दख्खल दिने गरेको छ ।
संगठनात्मक क्षमतामा कौशल, उर्जावान, समय सापेक्ष र बैंकमा कार्यरत श्रमजीवी कर्मचारीको मर्म बुझ्ने लामो समय देखि युनियनमा आफनो कृयाशिल समय अनुशासन पुर्बक बिताएकाअध्यक्ष पदका दाबेदार पुण्य प्रसाद दाहाल नेतृत्वको टिम अग्रज,अनुभवि सशक्त देखिएको छ । व्यवस्थापनसँग सौदावाजी गर्न वलियो तर्क प्रस्तुत गर्ने, बैंकमा व्यवसायिकता कायम गर्न गराउन लागि पर्ने र युनियनको आन्तरिक व्यवस्थापनमा सामुहिक निर्णय गर्ने कौशल दाहालको समुहमा रहेको छ । महाधिवेशन प्रतिनिधिहरु स्वतन्त्ररुपमा नेतृत्व छनौट गर्न सक्षम रहेको र मातृ संस्थाको हस्तक्षप अस्वीकार गर्ने पक्षमा सवै प्रतिनिधिको एक मत रहको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस