अर्थतन्त्र

यस्तो छ अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट निर्माण कार्यतालिका

काठमाडौं ।अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ। जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार वैशाख २१ गते मन्त्रालयले बजेटका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो।

मन्त्रालयले तयार पारेको कार्ययोजनामा चैत १५ गतेदेखि जेष्ठ १५ गतेसम्म गर्ने कामको सूची छ। चैत १५ देखि वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगले बजेटको नीति तथा कार्यक्रममाथि छलफल गर्नेछ। यसैगरी चैत २१ गतेदेखि राजस्व परामर्श समितिबाट प्राप्त सुझावमाथि निकायगत छलफल गरी प्रतिवेदन तयार पार्ने काम अगाडि बढाइने अर्थ मन्त्रालयले जनाएको छ।

चैत २६ गतेबाट मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस)मा विषयगत मन्त्रालयमार्फत बजेट प्राप्त गर्ने, चैत २६ गते देखि वैशाख २० गतेसम्म मन्त्रालयसँग बजेटको कार्यक्रम र खर्च शीर्षकमाथि छलफल हुने तालिका सार्वजनिक गरिएको छ। चैत २६ देखि वैशाख २५ सम्म सरोकारवालासँग बजेटबारे सुझाव संकलन गर्ने बताइएको छ।

जेठ १० गते व्ययको अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्ने, जेठ १२ गते खर्च र शीर्षकगत अनुमानको किताब छपाइ गर्ने, जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने तयारीमा अर्थ मन्त्रालय छ।

वैशाख २० गते सार्वजनिक संस्थाहरुको प्रगति विवरण (पहेँलो पुस्तिका) छपाइका लागि पठाउने, वैशाख २१ गतेभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्ने, वैशाख ३० गते आर्थिक सर्वेक्षण छपाईका लागि पठाउने, जेठ १ गते बजेट वक्तव्यको मस्यौदा तयार पार्ने, जेठ ५ गते राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्ने, जेठ १० गते राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने कार्यतालिका छ।

जेठ १० गते व्ययको अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्ने, जेठ १२ गते खर्च र शीर्षकगत अनुमानको किताब छपाइ गर्ने, जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने तयारीमा अर्थ मन्त्रालय छ।

जेठ १४ गते योजना आयोग र मन्त्रिपरिषद्मा बजेटको बिफ्रिङ हुनेछ। सोही दिन बजेटसम्बन्धी विधेयक छपाईका लागि प्रेसमा पठाउने तथा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयगत प्रगति विवरण प्रस्तुत गर्नेछन्। संवैधानिक व्यवस्थानुसार जेठ १५ गते अर्थमन्त्रीले संघीय सदनमा बजेट प्रस्तुत गर्नेछन्।

गाउँ सहर संवाददाता

तपाईँको मत