प्रभु बैंकको पिओएस मार्फत् अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालन

  • ३ चैत शुक्रबार, २०७९ | १५:४४:०० मा प्रकाशित

काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन Automated Teller Machine (ATM)सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत बैंकको आफ्नै  Point of Sale (POS) मेशिनको माध्यमबाट Green PIN Set गर्न{, PIN परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।

विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको छ । 


प्रभु बैंकले सञ्चालनमा ल्याएको पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी प्रभु बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले अधिकतम् लाभ लिनुुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

तपाईँको मत