राजनीति

उपराष्ट्रपति निर्वाचनमा किरियापुत्रीद्वारा मतदान

  • ३ चैत शुक्रबार, २०७९ | ११:५९:०० मा प्रकाशित

काठमाडौँ । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की  निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन्।

पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् । उनी आजै दिउँसो पोखरा फर्कँदै छन् । 

उनले भने, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।”

तपाईँको मत