दिगोविकास
जसपाको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण मंगलबार, २०७९ | १४:२८:०० मा प्रकाशित
इटहरी । जनता समाजवादी पार्टी, नेपालको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् ।
प्रदेश कार्यालय इटहरीमा मङ्गलबार बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । उनी यस अघि समितिको उपाध्यक्ष रहेर कार्य गरेका थिए ।
प्रदेश समितिले सोमबार र मङ्गलबार गरी दुई दिन बैठक र प्रशिक्षणको आयोजना गरेको थियो ।
सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।
पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरु गठन, पुनर्गठन र अभिलेख सङ्कलनको कार्यलाई तिव्रता दिइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस