गाउँ सहर

दुर्गा प्रसाईँलाई कारवाही गर्न एमाले केन्द्रमा सिफारिस

काठमाडौं । नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ ।

शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको हो । प्रसाईँ एमाले केन्द्रीय सदस्य हुन् ।

उनले पार्टी हितविपरीतका गतिविधि गरेको एमालेको आरोप छ । प्रसाईँले केहीदिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए ।

एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा  ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वराजा शाह पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए । कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत