गाउँ सहर

गलकोटको एक विद्यालयद्वारा विभिन्न जातजातिका खानादेखि नाँचसमेत प्रस्तुत्

बागलुङ । गलकोटमा एउटै कार्यक्रममा विभिन्न जातजातिका खानाका परिकारको स्टल, भेषभुषा, कला, संस्कृति झल्कने प्रस्तुति देख्न पाईयो ।

थारु संस्कृति देखि लिम्बु, गुरुङ, मगर, ब्राहमण लगायतका अनैंको जातजातिका पोशाकमा आधारित सांस्कृतिक प्रस्तुती विद्यार्थीले प्रस्तुत गरिरहँदा त्यहाँ साँच्चिकै एकता सदभाव र आत्मियताको आभाष दिलाईरहेको थियो ।

सुदूर पश्चिमको देउडा गीत, रोईला, भजन चुटका सँगै मौलिक कला संस्कृति झल्कने पञ्चेबाजामा कार्यक्रमका अतिथि र दर्शक छमछमी नाँचे ।

यति मात्र होईन विभिन्न भाषामा अन्तर संवाद पनि प्रस्तुत गरिएको थियो र त्यसलाई सबैले बुझने गरि नेपालीमा अनुवाद समेत गरियो ।

विविध विविधता भएको हाम्रो देश नेपालमा रहेका विभिन्न जातजातीका पोशाकमा सजिएका दिदीबहिनी र दाजुभाईलाई देख्दा जो कसैलाई मेला महोत्सवको झल्को दिलाईरहेको थियो ।

जनजागृति माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ८ काँडेबासले आयोजना गरेको लैङ्गिक समावेशीता शैक्षणिक विधि प्रवर्द्धन बहुसांस्कृतिक अतिरिक्त कृयाकलाप सम्वन्धी सहयोगात्मक कार्यक्रममा विद्यार्थीले आफना प्रस्तुतिहरु प्रस्तुत गरेका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले शैक्षिक क्षेत्रमा जीवनलउपयोगी शिक्षा उपलव्ध नहुँदा गुणस्तरीय शिक्षा प्राप्त हुन नसकेको बताए । 

उनले जनजागृति माद्यमिक विद्यालयले विभिन्न जातजाती, भाषाभाषी र कला संस्कृति झल्कने गरी आयोजना गरेको यस कार्यक्रमले सामाजिक एकता, सद्भाव र भाईचारा कायम गर्ने भन्दै प्रशंसा समेत व्यक्त गरे ।

kc homan लेख्नुहुन्छ २३ माघ, २०७९ ८:२४ pm

ramro

तपाईँको मत