गाउँ सहर

हवाई दुर्घटनामा दिवङ्गत भएकाकाे सम्झनामा दीप प्रज्वलन

पोखरा ।  यही माघ १ गते पोखरामा भएको हवाई दुर्घटनामा परी  दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिर परिसरमा स्वस्ति शान्ति तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र वडा नं. २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग लगायतको उपस्थितिमा भएको कार्यक्रममा दिवङ्गत  भएकाहरूको स्मृतिमा स्वस्ति शान्ति तथा दीप प्रज्वलन कार्यक्रम गरिनुका साथै १ मिनेट मौनधारण गरिएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव तीर्थ श्रेष्ठले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत