मन्त्रालयको भागबन्डा : केहि पुराना, धेरै नयाँ अनुहारहरू
- गाउँ सहर संवाददाता
- ३ माघ मंगलबार, २०७९ | १४:४०:०० मा प्रकाशित

काठमाडौँ । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ जना नयाँ मन्त्रीहरू थपिएका हुन् ।
नयाँ मन्त्रीहरूलाई राष्ट्रपति कार्यालयमा मंगलबार दिउँसो पद तथा गोपनियताको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीले खुवाएकी थिइन् भने राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले शपथ खुवाएका थिए । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन् । उनले ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन् ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा माओवादी नेत्री रेखा शर्मा नियुक्त भएकि छिन् । यसैगरी, नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् भने सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री बने।
यसैगरी, नेकपा (एमाले) बाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेलले परराष्ट्र र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सहरी विकास मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र कानुन मन्त्रीमा ध्रुवबहादुर प्रधानले जिम्मेवारी पाएका छन् भने राप्रपाबाटै दीपक सिंह ऊर्जा राज्यमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षामन्त्री भए । यसैगरी, रास्वपाकी तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेकि छिन् ।
यसैगरी, यस अघि गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। सोही दिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए। एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिएका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
प्रतिकृया दिनुहोस