सत्ता गठबन्धनमा भागबन्डा : कसलाई कुन मन्त्रालय, को बन्दैछ मन्त्री ?
- गाउँ सहर संवाददाता
- ३ माघ मंगलबार, २०७९ | १२:०६:०० मा प्रकाशित

काठमाडौँ । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ,थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दिइने र एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी छ ।
एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको छ । एमालेबाट विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ खाइसकेका छन् । मन्त्रीहरूमा पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी छन् । दुई राज्यमन्त्रीमा किरण साह र राजकुमार गुप्ता रहेको एमाले स्रोतले बताएको छ । यसअघि विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन् । एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको जानकारी छ । जसअनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने, ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रचण्ड नेतृत्वको सरकारमा पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् । एक नेताका अनुसार श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिखिर खनाल, डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस