गाउँ सहर

पोखरा विमान दुर्घटनाप्रति चीन र अमेरिकी दूतावासद्वारा दुःख व्यक्त

काठमाडाैं । पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडाैंबाट पोखराका लागि आज आइतवार बिहान उडेको यति एअरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ७२ यात्रु सवार थिए ।

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले ट्वीट गर्दै विमान दुर्घटनाले निकै स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा नेपाली नागरिकका साथमा रहेको बताउनुभएको छ । उहाँले विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यस्तै नेपालमा रहेकाे अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत विमान दुर्घटनाले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत