स्वास्थ्य

कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयद्वारा सावधानी अपनाउन आग्रह

काठमाडाैं । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोनाको बीएफ ७ भेरियन्ट फैलिएको र त्यो निकै संक्रामक रहेको भन्दै नेपालमा पनि सावधानी अपनाउनुपर्ने बताएको छ । तर, हालसम्म नेपालमा कोरोनाको यो भेरियन्ट पुष्टि भने भइनसकेको मन्त्रालयले जनाएको छ । 

उत्तरी छिमेकी मुलुक चीनमा कोरोनाको बीएप ७ भेरियन्ट पुष्टि भएसँगै कोरोनाको लहर अनियन्त्रित रुपमा फैलिएको छ । सो भेरियन्ट निकै संक्रामक रहेको र खुला सीमा कारण नेपालमा सो भेरियन्ट फैलिन सक्ने भन्दै मन्त्रालयले मास्क, स्यानिटाइजर र सामाजिक दूरीको पालना गर्न आग्रह गरेको छ । 

भारत र चीनमा नयाँ भेरियन्टको संक्रमण तीव्र रूपमा फैलिरहेको अवस्थामा सीमानाबाट आवतजावत गर्दा सजग हुनसमेत सरकारले आग्रह गरेको छ। साथै सीमा नाकामा एन्टिजेन टेस्ट र जिन सिक्वेन्सीङको काम पनि भइरहेको प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताए ।

हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले क्रिसमस र अंग्रेजी नयाँ वर्षमा संक्रमणबाट बच्न आग्रह गर्दै मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, साबुनपानीले हात धुन र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत