अर्थतन्त्र

कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी

काठमाडाैं । कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ ।

बैंकले २०७९ साल पौस ०१ गते शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो ।

बैंकका नायव महा प्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको शुभारम्भ गरेका हुन् ।  

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।

साथै, एससीटीको सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम , PoSk जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत