खेल

छात्रा भलिबल प्रतियोगितामा कन्या क्याम्पस प्रथम

पाेखरा । कन्या क्याम्पस पाेखराकाे ३१औँ वार्षिकोत्सवका अवसरमा कन्या क्याम्पस प्राध्यापक सङ्घद्वारा आयाेजित `सामुदायिक क्याम्पस स्तरीय छात्रा भलिबल प्रतियोगितामा´ कन्या क्याम्पस `क´ प्रथम भएकाे छ ।

जनप्रिय बहुमुखी क्याम्पस र कन्या क्याम्पसका बिचमा निकै राेमाञ्चक बनेकाे खेल कन्याले ३/२ काे सेटमा जितेकाे थियाे ।

सुरुका दुई सेटमा पराजित भए पनि कन्या क्याम्पसले उत्कृष्ट कमब्याक गर्दै विजयी हुन सफल भएकाे थियाे ।

आजै सम्पन्न तेस्रो स्थानका लागि भएकाे खेलमा विन्ध्यवासिनी क्याम्पसले कालिका पब्लिक कलेजलाई ३/१ सेटमा पराजित गरेकाे थियाे । 

आजकाे पहिलाे खेलमा कालिका पब्लिक कलेजकी सम्झना पुन तथा फाइनलमा जनप्रिय क्याम्पसकी स्माइल पुन प्लेयर अफ द म्याचले विभूषित भएक्का थिए ।

१८-२० तीन दिनसम्म सञ्चालित प्रतियोगितामा नाै क्याम्पसका १० टिमकाे सहभागिता रहेकाे थियाे । 

समापन कार्यक्रममा कन्या क्याम्पसका प्रमुख सुरेसकुमार मानन्धर र जनप्रिय क्याम्पसका सहयक क्याम्पस प्रमुख कृष्णबाबु बरालले राम्रो प्रतियोगिता आयाेजना गरेकामा प्राध्यापक सङ्घलाई धन्यवाद दिएका थिए ।  

प्राध्यापक सङ्घका सभापति डा. भूमिराज बस्ताकाेटीले सम्पूर्ण सहयाेगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमकाे सञ्चालन सङ्घका काेषाध्यक्ष दिनानाथ अधिकारीले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत