बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई कति मतान्तरले अगाडी ?
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शनिबार, २०७९ | १८:५७:०० मा प्रकाशित

बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । बुधबार बेलुकी ६ :३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार पाण्डेले १८ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १४ हजार दुई सय १० मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४ हजार १२१ रहेको छ ।
प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाएका छन् ।
प्रदेशसभा १ मा स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
यसैगरी प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १३ हजार छ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले ११ हजार ९८ मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभा सदस्य हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र उम्मेदवार जनक रावलले १६ मत पाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा दिनेसहित मन्त्रिपरिषद् बैठकका यी हुन् १४ निर्णय
- युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता, एमसीसी परियोजनाका विषयमा छलफल
- राष्ट्र बैंककाे तथ्याँकले देखायाे विदेश भ्रमण र पढ्न जाने नेपालीले गरकाे डरलाग्दाे खर्च
- टर्कीको भूकम्पमा परी हालसम्म झण्डै पाँच हजार जनाको मृत्यु
- भारतलाई हराउँदै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा
- वाग्मती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चालिसे
- सरकारी बिदा धेरै भएकाले पुनर्विचार आवश्यक : प्रधानमन्त्री
- शेयरबजारमा हरियाली, भारी अंकको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो
- रास्वपा बाहिरिएको विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल
- सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या, एउटै निकायबाट गर्ने विषयमा छलफल
प्रतिकृया दिनुहोस