विश्वकप महाकुम्भ

विश्वकपकाे राेमाञ्चक यात्रा: अब शनिबारसम्मकाे खेल तालिका यस्ताे हुनेछ

काठमाडौँ । विश्वकप फुटबलमा नकआउटको समीकरण पुरा भएको छ । शुक्रबार राति दुई समूहको खेल सकिएसँगै नकआउटमा पुग्ने १६ वटा टोलीको टुंगो लागेको हो ।

आज शनिबारको पहिलो खेलमा राति ८:४५ बजे नेदरल्याण्ड्स र अमेरिका भिड्नेछन् । मध्यराति १२:४५ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल हुनेछ । यी दुई टोलीका विजेताको भेट क्वार्टर फाइनलमा हुनेछ ।

आइतबार राति ८:४५ बजे फ्रान्स र पोल्याण्ड भिड्दा राति १२:४५ बजे इङ्ल्याण्डले सेनेगलको सामना गर्नेछ । यी दुई खेलका विजेताको भेट पनि क्वार्टर फाइनलमा हुनेछ । सोमबार राति ८:४५ बजे जापानले क्रोएसियाको सामना गर्दा राति १२:४५ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ ।

मंगलबार राति नकआउट चरणका दुई खेल भएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लाग्ने छ । अन्तिम रात मोरक्को र स्पेन ८:४५ बजे भिड्ने छन् भने पोर्चुगल र स्विटजरल्याण्डको खेल राति १२:४५ बजे हुनेछ । एकै रात हुने दुई खेलका विजेताको भेट क्वार्टरफाइनलमा हुनेछ ।

आगामी शनिबार राति ८:४५ बजे पहिलो क्वार्टर फाइनल खेल हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत