रवि लामिछानेलाई भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै
- गाउँ सहर संवाददाता
- २५ चैत सोमबार, २०८१ | १३:३३:०० मा प्रकाशित

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार चलान भएका छन् । सोमबार बिहान जिल्ला अदालत रूपन्देहीमा पेश गरिएसँगै लामिछाने कारागार चलान भएका हुन् ।
जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । “हामीकहाँ ४ वटा ब्लक छन् । त्योमध्ये ब्लक नम्बर ४ मा राखिएको छ”, कारागार प्रशासक भण्डारीले बताए ।
भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अन्य कैदी तथा थुनुवाहरू छन् ।
लामिछानेलाई हाल एक्लै राखिएको छ । पछि कैदीबन्दीको संख्या थप भएमा अरूलाई पनि रविसँगै राखिने भण्डारीले बताए ।
भण्डारीका अनुसार लामिछानेको स्वास्थ्य अवस्था जाँच गरेर कारागारभित्र पठाइएको हो । लामिछानेको स्वास्थ्य अवस्था सामान्य भएको पनि भण्डारीले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस