अर्थतन्त्र

नियम उलंघन गर्ने ९ बैंक राष्ट्र बैंककाे कारवाहीमा परे

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उलंघन गर्ने ९ बैंक केन्द्रिय बैंकको कारवाहीमा परेका छन्।

नेपाल राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु सञ्चालन गरेको, कर्जा लगानी गरेपश्चात बढी प्रिमियम असुल गरेको तथा आधार दरभन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दा बैंकहरुलाई सचेत गराएको छ।

सुपरिवेक्षण विभागले बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंकले नियम विपरित कार्य गरेको भेट्टाएको छ।

केन्द्रिय बैंकले कृषि विकास बैंकलाई सम्पत्ति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनहरुको उलंघन गरेको भन्दै २० लाख रुपैयाँ जरिवाना तिराएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत