निर्वाचन आयोगसमक्ष एमालेको १० बुँदे ध्यानाकर्षण (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर सोमबार, २०७९ | २०:०६:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेले मंसिर ४ गते सम्पन्न निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ ।
महासचिव शंकर पोखरेलले सोमवार आयोगलाई बुझाएको ध्यानाकर्षणमा सत्तापक्षबाट दोलखा,बाजुरा र स्याङजामा बुथ कब्जा भएका सबै ठाउँमा पुनः मतदान गराउन माग गरेको छ ।
एमालेले बुथ कब्जा भएका सबै मतदान केन्द्रहरुको विवरणसहित ती ठाउँमा मतदान गराउन माग गरेको हो । त्यस्तै मन्त्रीहरु चुनाव हार्ने भएपछि उदयपुर १ र सुनसरी ४ मा मतगणनामा अवरोध गरिएको तथा धनुषा २ मा मतगणना सदर हुनुपर्ने मत बदर गरिएकलो पुनः गणना गर्न समेत माग गरेको छ ।
त्यस्तै, काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा सदर मतलाई बदर गरेर ३ मतले एमाले उम्मेदवार पराजित भएकाले पुनः गणना गर्न एमालेले माग गरेको छ । चुनाव जितिसकेका पाँचथरका एमाले उम्मेदवार वसन्त नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा रहेको आशंका सिर्जना भएको समेत एमालेले जनाएको छ ।
यस्तो छ एमालेले आयोगलाई बुझाएको १० बुँदे ध्यानाकर्षण–पत्र
श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाडौ ।
विषयः अनियमितता र बुथ कब्जा भएको स्थानमा पुनः मतदान गर्ने सम्बन्धमा ।
१. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा २०७९ मङ्सिर ४ गते बाजुरा, स्याङ्जा र दोलखा जिल्लामा बुथ कब्जा भएको सम्बन्धमा सोही दिनमा नै नेकपा
(एमाले)का उम्मेदवारहरुले निर्वाचन अधिकृत तथा निर्वाचन आयोगसमक्ष पुनः मतदानका लागि निवेदन दिएका थिए । आयोगबाट समेत प्रारम्भिक रुपमा निवेदनमा उल्लेख भएको स्थानमा बुथ कब्जा र अनियमितता भएको भन्ने प्रारम्भिक तथ्यबाट देखिएको हुँदा नै आयोगबाट कर्मचारी खटाई स्थलगत प्रतिवेदन प्राप्त गर्नेक्रममा रहेको स्पष्ट देखिन्छ ।
२. यसक्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ । हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरु कालिञ्चोक १ नं बेगुम्पा मतदान केन्द्र क र ख, शैलुङ्ग गाउँपालिका वडा नं २ भुसाफेदा नविन मावि मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्दछ ।
३. यसरी नै स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं ३ दिसिङ्गकोट आधारभुत मावि कमेरे, वडा नं ४ को राम मन्दिर मा.वि. दार्सिङ्ग नरसेवा र ऐ को वडा नं ५ जनसक्रिय आधारभुत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभुत विद्यालय साटीमुरेका सबै मतदान केन्द्रमा बुथकव्जा भएको, मृत्यु भएका र विदेशमा रहेका मतदाताको नामबाट मतदान भएको कारण स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्दछ ।
४. यसरी नै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ को त्रिभुवनेश्वरी मा.वि. मतदान केन्द्र, ऐ को वडा नं ३ को मष्टेश्वरी आधारभुत विद्यालय, ऐ वडा नं ७ को नाटेश्वरी आधारभुत विद्यालय, ऐ वडा नं ८ को नवदुर्गा आधारभुत विद्यालय, खप्तडछेडा गाउँपालिका वडा नं २ को मालिका मा.वि. मतदान केन्द्र, ऐ वडा नं ४ को खापरदेवस्थली मा.वि., बुढीगंगा नगरपालिका वडा नं ७ शारदा मा.वि. मतदान केन्द्र, ऐको वडा नं ४ थमा मा.वि मतदान केन्द्र, ऐ वडा नं ८ को गिरिखेल्ने आधारभुत विद्यालय मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्र, ऐ को वडा नं. ७ को घटाल आधारभुत विद्यालय, ऐ को वडा नं ९ को हिमाली आधारभुत विद्यालय र हिमाली गाउँपालिका वडा नं ५ को बागेश्वरी आधारभुत विद्यालय र ऐ को वडा नं ६ को बढीमालिका मा.वि. मतदान केन्द्रमा बुथ कब्जा गरेको, एमालेका प्रतिनिधिलाई कुटपिट गरी हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको सम्बन्धमा बाजुरा जिल्लाका उम्मेदवारले निर्वाचन अधिकृतसमक्षमा तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्दछ ।
५. उदयपुर क्षेत्र नं. १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनाका क्रममा फेला परेको र गणनाअघि भन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेकोले ती स्थानमा समेत पुनः मतदानको व्यवस्था गरियोस् ।
६. सुनसरी–४ को मतगणना क्रममा बहालवाला मन्त्री (उम्मेदवार) को दवावमा स्थगित मतगणना स्थगित गरिएको छ । मतगणना पुनः सुरु गरियोस् ।
७. धनुषा क्षेत्र नं. २ मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएकोले त्यसमा पुनः मत गणना गरिनुपर्ने ।
८. काभे्र जिल्ला निर्वाचन क्षेत्र नं. १ को ख मा प्रदेशसभाको मतगणना गर्दा सदर हुनुपर्ने मतलाई गणना नगरिएको हुँदा पुनः मत गणना गरिनुपर्ने ।
९. निर्वाचनमा मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्दछ । एउटाको मत अर्को व्यक्तिले आफुखुशी खसाउने, मृत्यु भएका, विदेशमा रहेका र निर्वाचनमा जिल्ला बाहिर खटिएको व्यक्तिले मतदान गरेको वा बुथ कब्जा भएको अवस्थामा पुनः शान्ती सुरक्षाको व्यवस्था मिलाई मतदान गर्नु÷गराउनु निर्वाचन आयोगको कर्तव्य हो । निर्वाचन आयोगले आफ्नो कर्तव्यबाट च्युत भई सत्ता गठबन्धनको उम्मेदवारको पक्षपोषण नगरी पुनः मतदानको आदेश गर्न र तदअनुरुप नै मतदान सम्पन्न गराउन अनुरोध गर्दछौं ।
१०. यसरी नै मतगणनामा निर्वाचन क्षेत्र अनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल लिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल छ । नेकपा (एमाले)का उम्मेदवार बसन्त नेम्वाङलाई पाँचथरमा निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा लागेको छ भन्ने आशंका सिर्जना भएको छ । यसैले निर्वाचित प्रमाण–पत्र दिन आग्रह गर्दछौ । यसरी नै प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मतहरु यस दललाई उपलब्ध गराई कूल योगफल मिले/नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउनुहुन अनुरोध छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल सुपर लिगमा मार्की खेलाडिको रूपमा राष्ट्रिय टोलीका गोलकिपर श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध
- सरकारलाई सर्वोच्चकाे प्रश्न : दुई पूर्वप्रधानमन्त्री र मुख्यसचिवलाई मुद्दा किन नचलाएको ?
- ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक
- ‘सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आएका छन्’ : अध्यक्ष ढकाल
- साँगा–धुलिखेल सडक विस्तार गरिरहेकाे ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि निर्माण रोक्ने चेतावनी
- शेयरबजार : दुई अर्बकाे काराेबार, यस्ताे रह्याे नेप्से
- सहुलियत पसल असोज २१ देखि, के-के बस्तुमा पाइन्छ छुट ?
- आयल निगमले आइपीओ जारी गर्ने
- ‘नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने’ प्लेकार्ड बाेकेर डाक्टर माइतिघरमा
- सुरु भयो इन्द्रजात्रा, ३२ हाते लिङ्गो हनुमानढोकामा ठड्याइयो
प्रतिकृया दिनुहोस