पाँचथरमा प्रदेश सभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | ११:५४:०० मा प्रकाशित
पाँचथर I पाँचथरमा प्रदेश सभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
पाँचथर प्रदेश सभा १ तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगू विजयी भएका छन् । जबेगूले १६ हजार ८३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले १६ हजार २०४ मत प्राप्त गरे ।
जबेगू एकीकृत समाजवादी पाँचथरको अध्यक्ष तथा भण्डारी एमाले पाँचथरको अध्यक्ष हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले १ हजार ६ सय ३४ मत प्राप्त गरे । यस क्षेत्रमा ३९ हजार ९३३ मत खसेकामा एक हजार ३३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै पाँचथर प्रदेश सभा २ मा गठबन्धनको नेकपा (माओवादी केन्द्र)का उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भए । आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्बाङले १२ हजार ६०५ मत प्राप्त गरे । आङ्बो यसअघि पनि यही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनि प्रदेश नं. १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत हुनुहुन्छ ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले एक हजार ७६६ मत प्राप्त गरे । यस क्षेत्रमा ३४ हजार ४६५ मत खसेकामा एक ३३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुवै क्षेत्रमा विजयको घोषणा भएको छैन् । पाँचथरमा प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस