पाँचथरमा प्रदेश सभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | ११:५४:०० मा प्रकाशित

पाँचथर I पाँचथरमा प्रदेश सभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
पाँचथर प्रदेश सभा १ तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगू विजयी भएका छन् । जबेगूले १६ हजार ८३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले १६ हजार २०४ मत प्राप्त गरे ।
जबेगू एकीकृत समाजवादी पाँचथरको अध्यक्ष तथा भण्डारी एमाले पाँचथरको अध्यक्ष हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले १ हजार ६ सय ३४ मत प्राप्त गरे । यस क्षेत्रमा ३९ हजार ९३३ मत खसेकामा एक हजार ३३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै पाँचथर प्रदेश सभा २ मा गठबन्धनको नेकपा (माओवादी केन्द्र)का उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भए । आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्बाङले १२ हजार ६०५ मत प्राप्त गरे । आङ्बो यसअघि पनि यही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनि प्रदेश नं. १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत हुनुहुन्छ ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले एक हजार ७६६ मत प्राप्त गरे । यस क्षेत्रमा ३४ हजार ४६५ मत खसेकामा एक ३३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुवै क्षेत्रमा विजयको घोषणा भएको छैन् । पाँचथरमा प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस