एमाले र माओवादीका महासचिव पराजित
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | १०:५१:०० मा प्रकाशित

काठमाडाैं । यस पटक दुई दलका महासचिव पराजित भएका छन् ।
नेकपा एमालेका महासचिव शंकर पाेखरेल र माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित भएका हुन् ।
लमजुङबाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत पाएका छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले ३१ हजार ७ सय ८१ मत पाए ।
त्यस्तै दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् ।
उनलाई झिनो मनान्तरमा माओवादीकी रेखाले हराइन् । पोखरेललाई एमालेको भावी नेतृत्वका रुपमा हेरिने गरिन्छ भने उनी अध्यक्ष केपी ओलीका विश्वासपात्रका रुपमा चिनिन्छन् । शंकरले २६ हजार ६८१ र रेखाले २६ हजार ८७७ मत प्राप्त गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस