पोखरा २७ मा पाँच दलीय गठबन्धनको घरदैलो
- गाउँ सहर संवाददाता
- २७ कार्तिक आइतबार, २०७९ | २१:२२:०० मा प्रकाशित

पोखरा । कास्की क्षेत्र नं १ अन्तर्गत पोखरा २७ मा पाँच दलीय गठबन्धनले आइतबार घरदैलो तथा मतदाता भेटघाट गरेको छ । मतदाता भेटघाट गर्दै कास्की क्षेत्र नं १ का पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बताए ।
गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पु-याउनका लागि मात्र नभएको स्पष्ट पार्दै उनले देश बचाउन र उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गरे । बरालले जनतालाई झुटो नबोली सत्यसत्य कुरा गर्ने बताए ।
'जथाभावी बोलेर हिँड्दिन, भोलि पनि तपाईँहरुसँग भेटिनुपर्छ, उनले भने– गर्न सक्ने र पूरा गर्ने कुरा मात्र गर्छु, मलाई विश्वास गरिदिनुहोस् ।'
'धेरै आवश्यकता छन्, एकैपटक सबै आवश्यकता पूरा गर्न सकिँदैन, तपाईँहरुले नै जुन काम पहिले गर्नुपर्छ भन्नुहुन्छ, त्यही गर्छु ।' भन्दै उनले शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस