कस्तो छ त झापा क्षेत्र नं ५ मा पूर्वप्रधानमन्त्री ओलीको अवस्था ?
- गाउँ सहर संवाददाता
- २५ कार्तिक शुक्रबार, २०७९ | १०:५०:०० मा प्रकाशित

झापा। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन । सो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो भने यस पटक अधिकारीलाई गठबन्धनकका दलको साथ छ ।यस पटक पनि उक्त साथ कायमै छ । झापा क्षेत्र नं ५ मा स्वतन्त्रसहित २५ जनाको उम्मेदवारी परेको छ ।
विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । ओलीले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार आठ सय ४२ मतान्तरले पराजित गरेका थिए ।
ओलीले २०७४ सालमा ५७ हजार एक सय ३९ तथा अधिकारीले २८ हजार दुई सय ९७ मत प्राप्त भएको थियो । अघिल्लो निर्वाचनमा पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि समर्थन थियो । उम्मेदवार तथा दलका प्रतिनिधि मतदातालाई रिझाउन घरघरमा गइरहेका छन् । संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन् । उनको झापा आगमन र घरदैलो कार्यक्रम बाक्लिएको छ । विसं २०६४ को संविधानसभाको निर्वाचनमा भने ओली नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वदीप लिङ्देनसित पराजित भएका थिए । ओली पाँच पटक लगातार यस क्षेत्रबाट निर्वाचित भए ।
स्थानीय तह चुनाबमा झापा–५ मा गत कमल र गौरीगञ्ज गाउँपालिकामा काँग्रेसले प्रमुख पद जितेको थियो । एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो । वडागत रुपमा भने एमाले बलियो छ । क्षेत्र नम्बर ५ भित्र पर्ने चार पालिकामा २९ वडा छन् । गौरादह नगरपालिकाको वडा नम्बर एकदेखि सातसम्म एमालेले चार वटामा जितेको थियो । काँग्रेसले दुई वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । गौरीगञ्ज गाउँपालिकामा पर्ने चार वडा वडा (३, ४, ५ र ६) मध्ये तीनमा एमालेले जितेको थियो । दमक नगरपालिकाका–१० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो ।यस्तै एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ मा वडाध्यक्ष जितेको थियो भने काँग्रेसले १, माओवादी केन्द्रले एउटा तथा एकीकृत समाजवादीले एउटामा जितेको थियो । स्थानीय तहमा एमालेले वडागत मत ४१ हजार छ सय १९ पाएको छ भने काँग्रेसले २२ हजार, माओवादी केन्द्रले १० हजार सात सय ८८ र राप्रपाले आठ हजार तीन सय ५९ तथा एकीकृत समाजवादीले एक हजार नौ सय ८८ मत पाएको छ ।
सो क्षेत्रमा राप्रपालाई जोड्ने हो भने एमाले–राप्रपा गठबन्धनले प्राप्त गरेको मत ४९ हजार नौ सय ७८ छ । सत्ता गठबन्धनको मत ३४ हजार सात सय ७६ छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता छन् । यहाँ एक लाख ५४ हजार दुई सय ८९ मतदाता छन् । दुई अन्य, पुरुष मतदाता ७६ हजार ६७ र महिला मतदाता ७८ हजार दुई सय २० छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं ५ मा चर्चामा छ । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर आँकलन गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस