विश्व

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवस्था स्थिर, गोली प्रहार गर्ने एकजना मारिए, अर्का पक्राउ

  • १७ कार्तिक बिहीबार, २०७९ | १९:१६:०० मा प्रकाशित

इस्लामावाद । गोली प्रहारबाट घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको अवस्था स्थिर रहेको छ । लाहोरस्थित एउटा अस्पतालमा उपचाररत खानको अवस्था स्थिर रहेको पार्टीका नेता तथा प्रान्तीय स्वास्थ्यमन्त्री यास्मिन रसिदले जानकारी दिएका छन् ।

बिहीबार पूर्वी पाकिस्तानी सहर बाजिरबादमा आयोजित एक विरोध र्‍यालीमा सहभागी भएका बेला खानको खुट्टामा गोली प्रहार भएको थियो । उनका एक वरिष्ठ सहयोगीले खानको हत्या प्रयास भएको बताएका छन् ।

घटनामा अन्य चारजना घाइते भएको खानको पार्टी पीटीआईले जनाएको छ । 

खानमाथि गाेली प्रहार गर्नेमध्ये एकजना मारिएका छन् । अर्का एकजनालाई पक्राउ गरेर हिरासत लगिएको अल्जजिराले जनाएको छ । 

इमरानका वरिष्ठ सहयोगी रउफ हसनले भनेका छन्, "यो उहाँलाई मार्ने प्रयास थियो," हसनले भने ।

उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो समय सत्तरी वर्षीय इमरान तत्काल चुनाव हुनुपर्ने माग गर्दै राजधानी इस्लामावादमा एउटा र्‍यालीको नेतृत्व गर्दै आएका थिए ।

तपाईँको मत