गाउँ सहर

सिटिजन लाइफकाे पाँचाैँ वार्षिकाेत्सव विर्तामाेड शाखाले यसरी मनायाे

  • ३ कार्तिक बिहीबार, २०७९ | १२:२०:०० मा प्रकाशित

झापा । बीमा क्षेत्रमा उत्कृष्ट सेवा दिइरहेकाे जीवन बीमा कम्पनीमध्ये एक सिटिजन लाइफ इन्स्याेरेन्स पाँचाैँ वर्ष पुरा गरि छैठाैँ वर्षमा प्रवेश गरेकाे छ । साे अवसरमा कम्पनीकाे विर्तामाेड शाखाले विविध कार्यक्रम गरि मनाएकाे छ । 

विर्तामाेड शाखाले चारपानेस्थित श्री साङ्गवेद संस्कृत विद्यालयमा सरसफाइ, वृक्षाराेपण, बीमा सचेतनालगायतका कार्यक्रमहरू गरेकाे छ ।

साे कार्यक्रममा विर्तामाेड शाखा प्रमुख जमुना कटुवाल, क्षेत्रीय शाखा प्रमुख उत्तम काेइराला, सिनियर एजेन्सी मेनेजर इश्वरी प्रसाद बराललगायत, विर्तामाेड शाखाका एजेन्सी मेनेजरहरूकाे उपस्थिति रहेकाे थियाे । 

विद्यालयकाे तर्फबाट शिक्षक, विद्यार्थीहरूकाे उपस्थितिमा साे कार्यक्रम सम्पन्न भएकाे थियाे । 

कम्पनीले ५ औ वार्षिकोत्सवको अवधिमा विभिन्न कार्यक्रम गरिरहेको छ । सप्ताहव्यापी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिएको छ । सोहि क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहायतथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरिरहेको छ । कम्पनीले असोज ३१ गतेदेखी कार्तिक ६ गतेसम्म सप्ताहव्यापी रुपमा कार्यक्रम गरिरहेको छ ।

जन समुदायमा जीवन बीमाप्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक-याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने गरिरहेको छ ।

यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखेको छ । विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्य सिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ । रुपन्देहीको तिलोत्तमा १३ करौजियामा रहेको विश्व शान्ति महाज्ञान बौद्ध गुम्बा र दुर्गा मन्दिरमा कम्पनीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

जीवन बीमा व्यवसाय शुभारम्भ गरेको ५ वर्षको अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब ८१ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले १२ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । कम्पनीले अर्बौ रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमितले प्राप्त गर्ने बोनसदर न्युनतम प्रतिहजार २५ रुपैयाँदेखि ७३ रुपैयाँ रहेको छ । सिटिजन लाइफ लघु बीमामा पनि अग्रणी छ ।

तपाईँको मत